Matthew 28:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि छिटो गएर उहाँका चेलाहरूलाई ‘प्रभु त मरेकोबाट बिउँतनुभएको छ। उहाँ तिमीहरूभन्दा अघि नै गालीलमा जाँदै हुनुहुन्‍छ, त्‍यहाँ तिमीहरूले उहाँलाई देख्‍नेछौ’ भनेर खबर देओ! अब जाओ, मैले यति नै भन्‍नु छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब चाँड़ो गएर उहाँका चेलाहरूलाई खबर देओ, कि उहाँ मृतकबाट जीवित भई उठ्‌नुभएको छ, र उहाँ तिमीहरूभन्‍दा अगाडि गालीलमा जाँदैहुनुहुन्‍छ। तिमीहरूले उहाँलाई त्‍यहाँ देख्‍नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब झट्टै गई उहाँका चेलाहरूलाई यसो भनिदेओ: ‘उहाँ मरेकाहरूबाट जीवित भई उठ्नुभएको छ। अनि तिमीहरूभन्दा अगाडि नै गालीलमा जाँदैहुनुहुन्छ। त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ हेर मैले तिमीहरूलाई भनिदिएको छु।”
Nepali ERV (पवित्र बाइबल)
अनि झट्टै गएर उहाँका चेलाहरूलाई भनिदेऊ। तिनीहरूलाई भन्, “येशू पुनर्जीवित हुनु भएको छ। उहाँ गालीलतिर जानुभएको छ। त्यहाँ तिमीहरूको अघि नै उहाँ पुग्नु हुनेछ। त्यहाँनै उहाँलाई तिमीहरूले देख्न पाउनेछौ।”‘ फेरि ती स्वर्गदूतले भने, “मैले तिमीहरूलाई भनिदिएको छु।”
Nepali Tamang 2011
दाहेन्‍से एनीगदे योना निसी थेला चेलागदेदा ‘येशूदा सिबाग्‍याम सोना लसी जिन्‍बा मुला। ओच्‍छे येशू एनीगदे भन्‍दा ङाच्‍छा गालील अञ्‍चलरी फेप्‍बान मुला। एनीगदेसे येशूदा थेरीन म्राङ्ला’ भिसी पाङ्सी पिन्‍गो।”