Matthew 28:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई एक्कासि भेटेर भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!” त्यतिखेर तिनीहरूले घोप्टो परेर उहाँको पाउ समाते।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अकस्मात् येशूले तिनीहरूलाई भेटेर भन्नुभयो, “शान्ति!” तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्डवत् गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अचानक येशूले तिनीहरूलाई भेट्नुभयो, र भन्नुभयो, “अभिवादन!” तिनीहरू उहाँकहाँ गए, र उहाँको पाउ पक्री उहाँलाई दण्डवत् गरे।
Nepali ERV (पवित्र बाइबल)
तर ती आईमाईहरू उहाँका चेलाहरूलाई भन्न दगुर्दै गर्दा, येशू तिनीहरूकै अघि उभिरहनु भएको थियो। येशूले भन्नुभयो, अभिवादन छ! “आईमाईहरू येशूकहाँ गए। तिनीहरूले झट्ट उहाँको पाउ पक्रेर उहाँको उपासना गरे।
Nepali Tamang 2011
थे म्रिङम्हेमेगदे ग्यामरी निबान लमा तिक्खुरीन येशूसे स्याप्सी “एनीगदेदा शान्ति तगै” भिसी सुङ्माहेन्से थेनीगदेसे येशूला स्य्हाप चुङ्सी फ्या लजी।