Matthew 3:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“साँच्चै, तिमीहरूले आ-आफ्नो पाप मानिलिएर त्यसलाई छोड्न तयार भएका हौ भनेर देखाउन म तिमीहरूलाई पानीले बप्तिस्मा दिँदै छु, तर मपछि आउनुहुनेले चाहिँ तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँ त मभन्दा धेरै महान् हुनुहुन्छ। म त उहाँको जुत्ता बोक्ने लायकको पनि छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मचाहिँ त तिमीहरूलाई पश्चात्तापको लागि पानीले बप्तिस्मा दिन्छु, तर मपछि आउनुहुने मभन्दा अझ शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म त तिमीहरूलाई पश्चात्तापको लागि पानीको बप्तिस्मा दिन्छु। तर उहाँ, जो मपछि आउनुहुन्छ, उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
‘म चाहिं तिमीहरूले पश्चाताप गर्यौ भनी देखाउनका निम्ति पानीद्वारा बप्तिष्मा गरिदिन्छु। तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
Nepali Tamang 2011
“ङाइ चा एनीगदेसे ह्राङ ह्राङला पाप ख्लासी परमेश्वरपट्टि दोःजी भिसी क्युइसे बप्तिस्मा पिन्ना। तर ङा भन्दा लिच्छा फेप्खबासे एनीगदेदा परमेश्वरला आत्मादेन मेसे बप्तिस्मा पिन्ना। थे ङा भन्दा शक्तिशाली मुला। ओच्छे ङा थेला लखम पुइबाधोनाला सुत्तै आरे।