Matthew 3:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बप्‍तिस्‍मा लिइसक्‍नुभएपछि येशू झट्टै पानीबाट निस्‍कनुभयो, त्‍यति बेला स्‍वर्ग उघ्रियो र उहाँले परमेश्‍वरको आत्‍मालाई ढुकुरजस्‍तै आफूमाथि आइरहनुभएको देख्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि येशू बप्‍तिस्‍मा लिएर तुरुन्‍तै पानीबाट माथि निस्‍कनुभयो, अनि स्‍वर्ग उघ्रियो, र उहाँले परमेश्‍वरका आत्‍मालाई ढुकुरझैँ ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जब बप्‍तिस्मा लिनुभयो, तब उहाँ पानीबाट निस्केर माथि आउनुभयो। त्यस बेला स्वर्ग उघ्रियो। अनि उहाँले परमेश्‍वरको आत्मालाई ढुकुरझैँ ओर्लंदै गर्नुभएको र आफूमाथि बस्‍न आउँदै गर्नुभएको देख्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो। स्वर्ग उहाँको निम्ति उघ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नु भयो।
Nepali Tamang 2011
ओच्‍छे येशूसे बप्‍तिस्‍मा किन्‍सी क्‍युइग्‍याम पाखारी थोन्‍मैछ्‌याम थेसे स्‍वर्ग ठोङ्सी परमेश्‍वरला आत्‍मा ढुकुर ह्रङ् लसी फाप्‍सी ह्राङथोरी फेप्‍खबान लबा म्राङ्जी।