Matthew 3:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूहन्नाले ऊँटको रौंले बुनेको लुगा लगाउँथे, कम्मरमा छालाको पेटी बाँध्थे अनि सलह र बन-मह खान्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्नाले ऊँटका रौँको वस्त्र लाउँथे, र कम्मरमा छालाको पटुका बाँध्थे। तिनको खानेकुरा सलह र वन-मह थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यूहन्नाको लुगा ऊँटको रौँले बनेको थियो। अनि तिनले कम्मरमा छालाको पटुका बाँधेका थिए। तिनको भोजन सलह र वन-मह थियो।
Nepali ERV (पवित्र बाइबल)
यूहन्नाको लुगा ऊँटको रौंको थियो। तिनको कम्मरमा छालाको पेटी थियो। तिनको आहार सलह र वन-मह थियो।
Nepali Tamang 2011
यूहन्नासे ऊँटला क्राला क्वान क्वान्मुबा, ओच्छे ढिला पेटी खीमुबा। थेसे तिरीदेन ह्रि सिङसोरला खुदु चमुबा।