Matthew 4:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उहाँ नासरतलाई छोडेर कफर्नहुम सहरमा बस्न जानुभयो। कफर्नहुम सहरचाहिँ गालील तालको नजिकै जबूलून र नप्ताली कुलका क्षेत्रमा पर्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र नासरत छोड़ेर कफर्नहुममा गई त्यहाँ वास गर्न लाग्नुभयो। यो सहर जबूलून र नप्तालीका क्षेत्रमा, समुद्रको किनारमा पर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नासरत सहरलाई छोडेर उहाँ कफर्नहुममा जानुभयो, जुन जबूलून र नप्तालीको इलाकामा समुद्रको किनारमा थियो।
Nepali ERV (पवित्र बाइबल)
येशू नासरतमा बस्नु भएन। उहाँ गालिल झीलको नजिकको कर्फनहुम नगरमा बस्नु भयो। कर्फनहुम जबुलून अनि नप्तालीका क्षेत्रमा पर्छ।
Nepali Tamang 2011
ओच्छे नासरत भिबा ग्लारी आफेप्ना कफर्नहुम शहररी धन्छ्याबारी फेप्जी। चु शहर गालील समुन्द्रला कुनीरी मुबा, चु शहर चा जबूलूनदेन नप्ताली भिबा य्हुलला म्हिगदे चिबा जिल्लारी परब तमुबा।