Matthew 4:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन गालील तालको किनारै-किनार हिँडिरहनुहुँदा येशूले दुई जना जलाहारीलाई जाल हानिरहेका देख्‍नुभयो। तिनीहरू पत्रुस भनिने सिमोन र उनका भाइ अन्‍द्रियास थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गालील-समुद्रको किनारमा हिँड्‌नुहुँदा उहाँले पत्रुस भन्‍ने सिमोन र तिनका भाइ अन्‍द्रियास, दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्‍नुभयो। तिनीहरू मछुवा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू गालील समुद्रको किनारमा हिँडिरहनुभएको समयमा उहाँले दुई भाइहरू, पत्रुस भनिने सिमोन र तिनका भाइ अन्द्रियासलाई देख्नुभयो। तिनीहरू मछुवा भएको कारणले गर्दा तिनीहरूले तालमा जाल हान्दै थिए।
Nepali ERV (पवित्र बाइबल)
गालील झीलका छेउ भएर येशू हिडिरहनु भएको थियो। उहाँले दुइजना दाज्यू-भाइलाई देख्नुभयो पत्रुस भनिने शिमोन र तिनको भाइ अन्द्रियास दुवै दाज्यू-भाइ माछामार्ने जलहारी थिए। अनि तिनीहरूले समुन्द्रमा जाल हानेर माछा मार्दैं थिए।
Nepali Tamang 2011
येशू गालील समुन्‍द्रला कुनीन कुनी फेप्‍बान लमा पत्रुस भिबा सिमोनदेन थेला आले अन्‍द्रियासदा तार्ङा साइबारी समुन्‍द्ररी घ्‍याङ क्‍लाङ्बान लबा म्राङ्जी। तिग्‍दा भिसम थेनीगदे तार्ङा साइबा म्‍हिगदे मुबा।