Matthew 4:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा गालीलको छेउमा पर्ने सिरिया देशभरि नै उहाँको बारेमा चर्चा चल्‍यो। मानिसहरूले सबै किसिमका रोग र व्‍यथाले सताएका बिरामीहरूलाई उहाँकहाँ ल्‍याए। तिनीहरूमध्‍ये कसैलाई दुष्‍टात्‍मा लागेको थियो, कसैलाई छारे रोग लागेको थियो अनि कोही-कोहीचाहिँ कुँजो थिए। येशूले सबैलाई नै निको पार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात्‌ विभिन्‍न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्‍याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको कीर्ति सारा सिरियाभरि फिँजियो। अनि मानिसहरूले विभिन्‍न किसिमका रोग लागेकाहरू, कष्‍ट भोगेकाहरू, भूत लागेकाहरू, छारेरोग लागेकाहरू र पक्षघात भएकाहरूलाई उहाँकहाँ ल्याए। अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
उहाँको कीर्ति सिरियाभरि फिंजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षवात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो।
Nepali Tamang 2011
जमाहेन्‍से सिरिया य्‍हुल्‍सा नाङनोन येशूला बारेरी थेःजी। ओच्‍छे म्‍हिगदेसे ल्‍हानान थरीला रोगसे स्‍याप्‍सी दुख याङ्बागदे, म्‍हङसे स्‍याप्‍बागदे, स्‍ह म्‍हङसे स्‍याप्‍बागदेदेन काङ या चलब आतबा कुज्‍या म्‍हिगदेदा येशू मुबा ग्‍लारी भजी। जमाहेन्‍से येशूसे थेनीगदेदा खम्‍ना लजी।