Matthew 5:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यति बेला तिमीहरू खुसी र आनन्दित होओ किनभने तिमीहरूको लागि स्वर्गमा ठूलो इनाम राखिएको छ। उहिलेका अगमवक्ताहरूलाई पनि मानिसहरूले त्यसरी नै दु:ख दिएर सताएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब रमाओ, र अत्यन्त खुसी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब आनन्द मनाओ र खुशी होओ; किनभने स्वर्गमा तिमीहरूका लागि ठूलो प्रतिफल छ। तिमीहरूभन्दा अगिका अगमवक्ताहरूलाई पनि यसरी नै तिनीहरूले सताएका थिए।
Nepali ERV (पवित्र बाइबल)
सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठुलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।
Nepali Tamang 2011
तसैनोन एनीगदे ल्हानान ताङ्गो, तिग्दा भिसम स्वर्गरी एनीगदेसे घ्रेन इनाम याङ्ला। एनीगदे भन्दा ङाच्छाला अगमवक्तागदेदाएनोन थेनीगदेसे चुह्रङ् लसीन दुख पिन्मुबा।