Matthew 5:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्‍चै म तिमीहरूलाई भन्‍छु, आकाश र पृथ्‍वी बितेर नगएसम्‍म परमेश्‍वरको व्यवस्थाको सानोभन्दा सानो कुरा पनि पूरा नभई छोड्‍नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जबसम्‍म स्‍वर्ग र पृथ्‍वी टलेर जाँदैन तबसम्‍म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्‍यवस्‍थाबाट एउटा मात्रा वा एउटा बिन्‍दु टल्‍नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई साँच्‍चै भन्दछु, जबसम्म आकाश र पृथ्वी बितेर जाँदैनन्, तबसम्म व्यवस्थाबाट एउटा सानो अक्षर अथवा बिन्दुसम्म पनि सबै पूरा नभई कुनै रीतिले बित्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
म साँचो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितेर जाँदैन, व्यवस्थाको हरेक कुरा पूरा हुनेछ सबै कुरा पूरा नहोउञ्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु पनि हटाइने छैन।
Nepali Tamang 2011
एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, तिग्‍दा भिसम मुदेन जम्‍बुलिङ नाश आततेधोना परमेश्‍वरसे मोशादा पिन्‍बा ठिमरी मुबा हिगी गिकनोन आम्‍हा।