Matthew 5:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्यवस्थाको सानोभन्दा सानो कुरालाई मिच्ने र मिच्न सिकाउने मानिस परमेश्वरको राज्यमा सबैभन्दा सानो ठहरिनेछ। तर व्यवस्था आफू पनि मान्ने र अरूलाई पनि मान्न लगाउनेचाहिँ परमेश्वरको राज्यमा ठूलो ठहरिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण जसले यी आज्ञाहरूमध्ये सबैभन्दा सानोलाई उल्लङ्घन गर्ला, र मानिसहरूलाई त्यसै गर्न सिकाउला, स्वर्गको राज्यमा त्यो सबैभन्दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्वर्गको राज्यमा त्यो ठूलो कहलाइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसैले यी आज्ञाहरूमध्ये सबैभन्दा सानो आज्ञालाई उल्लङ्घन गर्छ र अरूलाई पनि उल्लङ्घन गर्न सिकाउँछ भने उही नै स्वर्गको राज्यमा सबैभन्दा सानो हुनेछ। तर जसले यी आज्ञाहरू पालन गर्छ र अरूलाई सिकाउँछ, त्यो स्वर्गको राज्यमा महान् भनिनेछ।
Nepali ERV (पवित्र बाइबल)
हरेक मानिसले प्रत्येक आदेश पालन गर्नैपर्छ चाहे त्यो आदेश सामान्य नै किन नहोस्। यदि कुनै मानिसले एउटा पनि आदेश पालन गर्न चाँहदैन अनि अरूलाई पनि आदेश पालन नगर्नु भनी सिकाउँछ भने स्वर्गको राज्यमा त्यो सबैभन्दा तुच्छ ठहरिनेछ। तर जसले आदेश पालन गर्छ अनि अरूलाई पनि आदेश पालन गर्न सिकाउँछ, त्यो नै स्वर्गको राज्यमा ठूलो कहलाइनेछ।
Nepali Tamang 2011
थेतबासेलमा जुन म्हिसे ठिमरी मुबा तामगदे न्हङला जम्मान भन्दा जजा तामदा आङ्यान्ना म्हिगदेदाएनोन थेह्रङ्नोन लपुङ्जी भिसम थे म्हि स्वर्गला य्हुल्सारी जम्मान भन्दा जजा तला। तर जुन म्हिसे ठिमरी मुबा तामगदे ङ्यान्सी म्हिगदेदा थेह्रङ्नोन लपुङ्ला थे म्हि स्वर्गला य्हुल्सारी जम्मान भन्दा घ्रेन म्हि तला।