Matthew 5:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म तिमीहरूलाई भन्छु, [कारणबिना नै] भाइसँग रिसाउनेले पनि दण्ड पाउनेछ। कसैले आफ्नो भाइलाई मूर्ख भन्यो भने त्यसले सभामा जवाफ दिनुपर्छ। आफ्नो भाइलाई सराप्ने त झन् नरकको आगोमैपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ, त्यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्नो भाइलाई ‘तँ मूर्ख’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म भन्दछु, जो आफ्नो भाइसित रिसाउँछ त्यो न्यायमा पर्छ। अनि जसले आफ्नो भाइलाई ‘ए मूर्ख’ भन्छ, त्यो महासभामा लगिने योग्यको हुन्छ। तर जसले ‘तँ मूर्ख!’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खडा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ।
Nepali Tamang 2011
तर एनीगदेसे ङाला ताम ङ्यान्गो, जुन म्हिसे खालैदा बोमो लला, थे म्हिसे सजाय याङ्ला, ओच्छे खालैसे स्य्हान्दोदा हेला लजी भिसम थेदा अदालतरी भोर्ला। तर जुन म्हिसे स्य्हान्दोदा ‘ए गे आखेल्बा मूर्ख’ भिसी भिला थेदा नर्गला लोङ्बा खबा मेरी युला।