Matthew 5:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अदालतमा पुग्नुभन्दा अघि, मौका हुँदै आफ्नो झगडियासँग मेलमिलाप गरिहाल। नत्रता उसले तिम्रो विरुद्धमा न्यायाधीशकहाँ उजुर गर्नेछ अनि न्यायाधीशले तिमीलाई सिपाहीको जिम्मा लाउनेछ र तिमी थुनामापर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्रता वादीले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अधिकृतको हातमा सुम्पिदेलान्, र तिमी झ्यालखानमा पर्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीलाई अदालतमा लैजाने विरोधीसित झट्टै कुरा मिलाइहाल। यो काम तिमी ऊसँग बाटोमा हुँदै गरिहाल। नत्रता उसले तिमीलाई न्यायाधीशकहाँ सुम्पिदेला, र न्यायाधीशले तिमीलाई अधिकारीकहाँ सुम्पिदेलान्। अनि तिमी झ्यालखानामा परौला।
Nepali ERV (पवित्र बाइबल)
यदि तिम्रो विरोधीले तिमीलाई न्यायालयमा लाँदैछ भने उसित मिलाप गरिहाल। न्यायलय पुग्नु अधिनै तिमीले यसो गर। यदि तिमी उसको साथी बन्न असफल भयौ भने उसले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला, न्यायाधीशले तिमीलाई प्रहरीको हातमा सुम्पिदेलान् अनि तिमीलाई झ्यालखानामा थुनिदिनेछ।
Nepali Tamang 2011
“एदा मुद्दा युबा म्हिदेन छ्याम अदालतरी निबान लबा धुइरी ग्यामरीन ढिक्गो। आहिन्सम थेसे एदा न्यायाधीशला यारी जिम्मा पिन्ना, ओच्छे न्यायाधीशसे सिपाहीगदेला यारी जिम्मा पिन्ना। जमाहेन्से ए झ्याल्खानरी परब तला।