Matthew 6:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले अझै भन्दै जानुभयो, “धर्म-कर्म गर्दाखेरि होश राख। यी काम मानिसहरूले देखून् भनेर नगर। नत्रभने तिमीहरूले स्वर्गमा हुनुहुने तिमीहरूको परमेश्वर पिताबाट केही पनि इनाम पाउनेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“होसियार रहो, मानिसहरूलाई देखाउनका लागि तिनीहरूका सामु तिमीहरूका धर्मकार्यहरू नगर। त्यसो गर्यौ भने तिमीहरूले आफ्ना स्वर्गीय पिताबाट कुनै इनाम पाउनेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
“होशियार बस, जब तिमीहरू राम्रो काम गर्छौ, अरू मानिसहरूका उपस्थितिमा त्यस्ता देखावटीका निम्ति काम नगर। यदि त्यसो गर्यौ भने स्वर्गमा भएका तिम्रा पिताबाट तिमीहरूलाई केही इनाम मिल्नेछैन।
Nepali Tamang 2011
“एनीगदेसे लबा ज्यबा गेगदे म्हिगदेदा उन्बाला लागिरी भिसी थालउ। थेह्रङ् लजी भिसम स्वर्गरी धन्छ्याबा एनीगदेला परमेश्वर आबासे एनीगदेदा तिगै इनाम आपिन। थेतबासेलमा होशियार तसी चिउ।