Matthew 6:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“नखाईकन उपवास बस्दा कपटीहरूले जस्तो न्याउरो मुख लगाएर नबस। कपटीहरू त उपवास बसेका छौं भनेर अरूलाई देखाउन न्याउरो मुख लाएर बस्छन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिनीहरूले पाउनुपर्ने पूरै इनाम पाइसकेका हुन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब तिमीहरू उपवास बस्तछौ, तब ढोंगीहरूजस्ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मोहड़ा अँध्यारा पार्छन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब तिमीहरू उपवास बस्दछौ, कपटीहरूजस्ता उदास भएर नबस। किनकि मानिसहरूलाई देखाउनलाई तिनीहरूले आफ्ना अनुहार बिगार्दछन्। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्ना सम्पूर्ण प्रतिफल पाइसकेका छन्।
Nepali ERV (पवित्र बाइबल)
‘जब तिमीहरू उपवास बस्छौ, तब कपटीहरू जस्ता उदासी नबन्। कपटीहरूले जस्तो आचरण नगर्। आफू उपवास बसेको कुरा माानिसहरूलाई देखाउन तिनीहरू आफ्नो मुखलाई अनौठो देखिने पार्छौ। म तिमीहरूलाई साँचो भन्दछु, ती कपटीहरूले पाउने सबै इनाम यही हो। तिमीहरूले इनाम पाइसकेकाछन्।
Nepali Tamang 2011
“एनीगदेसे फोइथान चिसी प्रार्थना लबा धुइरी कप्टी म्हिगदेसे ह्रङ् लसी ली धोपधोप लसी थाभ्रउ। तिग्दा भिसम थेनीगदेसे फोइथान चिसी प्रार्थना लबा म्हिगदेसे म्राङ्गै भिसी ली धोपधोप लसी भ्रमुला। थेतबासेलमा एनीगदेसे ङाला ताम ङ्यान्गो, थेनीगदेसे याङ्तोःबा इनाम याङ्सी जिन्बा मुला।