Matthew 6:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यदि तिम्रो आँखा धमिलो छ भने पूरै शरीर अँध्‍यारो हुन्‍छ। त्‍यसरी नै तिम्रो हृदयमा भएको उज्‍यालोचाहिँ अँध्‍यारो भयो भने त्‍यो झन् कति बढी अँध्‍यारो होला!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिम्रा आँखा खराब छन्‌ भने, तिम्रो सारा शरीर अँध्‍यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्‍यालोचाहिँ अँध्‍यारो भयो भने, त्‍यो अँध्‍यारो कस्‍तो घोर हुन्‍छ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि तिमीहरूका आँखा नै अस्वस्थ छन् भने तिमीहरूका सम्पूर्ण शरीर नै अत्यन्त अँध्यारोमा हुन्छ। यसकारण यदि तिमीहरूभित्र भएको उज्यालो नै अँध्यारो छ भने त्यो अँध्यारो कति बढी होला!
Nepali ERV (पवित्र बाइबल)
तर यदि तिम्रा आँखा खराब छन् भने, तिम्रो सम्पूर्ण शरीर अँध्यारो हुनेछ। यदि तिम्रो उज्यालो चाहिं अँध्यारो भयो भने, त्यो घनघोर अँध्यारो हुनेछ।
Nepali Tamang 2011
तर एला मी न्‍होङ्जी भिसम एसे तिगै आम्राङ्। थेह्रङ् लसीन एला सेमला नाङसल सिजी भिसम एला लागिरी जम्‍मान धोपधोप तला।