Matthew 6:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आकाशमा उड्ने चराहरूलाई हेर, खै तिनीहरू खेती गर्दैनन्, बाली काट्ने, थन्क्याउने पनि गर्दैनन्। तैपनि स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। ती चरा-चुरुङ्गीहरूभन्दा त तिमीहरू धेरै नै मूल्यवान् छौ, होइन र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्न कटनी गर्छन्, न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढ़ी मूल्यवान् छैनौ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आकाशका चराहरूलाई हेर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, न त भकारीमा बटुल्दछन्; तरै पनि तिनीहरूलाई तिमीहरूका स्वर्गीय पिताले खुवाउनुहुन्छ। तिमीहरू तिनीहरूभन्दा धेरै मूल्यवान् छैनौ र?
Nepali ERV (पवित्र बाइबल)
आकाशका चरा चुरुङ्गीलाई हेर, तिमीहरूले नता कहिले बीऊनै छर्छन्, न अन्नको फसल काट्छन् न भकारीहरूमा बटुल्छन्। तर तिमीहरू का स्वर्गका पिताले तिनीहरूलाई खुवाउनु हुन्छ। तर तिमीहरूलाई थाहाँ छ ती चराचरुङ्गीहरू भन्दा तिमीहरू बहुमूल्य छौ।
Nepali Tamang 2011
मुरी चरागदेदा च्यागो, थेनीगदेसे न्ह ब्लु ढ्वला, न्ह बाली दुइसी पोप लला, तर स्वर्गरी धन्छ्याबा एनीगदेला परमेश्वर आबासेन थेनीगदेदा ख्वामुला। चरागदे भन्दा मी एनीगदे घ्रेन आहिन?