Matthew 6:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“के लगाउने होला भनेर तिमीहरू किन चिन्‍ता गर्छौ? जङ्गलका लिली फूलहरू बढेको हेर, तिनीहरूले त काम पनि गर्दैनन्, लाउनलाई लुगा पनि बुन्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अनि लुगाफाटाका निम्‍ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्‌दछन्‌। तिनले न परिश्रम गर्दछन्, न धागो कात्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अनि लुगाहरूका विषयमा किन फिक्री गर्दछौ? मैदानका लिली फूलहरूलाई हेर, तिनीहरू कसरी बढ्दछन्। तिनीहरूले परिश्रम गर्दैनन्, र धागो पनि कात्दैनन्,
Nepali ERV (पवित्र बाइबल)
“अनि लुगाफाटाको निम्ति तिमीहरू किन फिक्री गर्छौ? बँगैचाको फूलहरूको विचार गर, ती कसरी बढदछन्। तिनीहरू न ता आफ्नो लागि परिश्रम गर्दछन्, न ता वस्त्रका निम्ति धागो कात्दछन्।
Nepali Tamang 2011
“तिग्‍दा एनीगदेसे क्‍वान्‍ना लागिरी धन्‍दा सुर्दा लबा? ह्रिरी सार्बा म्‍हेन्‍दोदा च्‍यागो, थेसे गेएनोन आलमुला, क्‍वानएनोन आरामुला। तसैनोन थे खाह्रङ् लसी ल्‍हेमुला!