Matthew 6:32 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरलाई नचिन्ने अन्यजातिहरूले पो यस्तो चिन्ता गर्छन्। यी सबै कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पितालाई थाहै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि अन्यजातिहरूले यी सब थोक खोज्दछन्, र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि गैरयहूदीहरू यी कुराहरूका पछि लाग्दछन्। तिमीहरूका स्वर्गीय पिताले तिमीहरूलाई यी सबै कुराहरू चाहिन्छ भनी जान्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरमा विश्वास नगर्नेहरूले मात्रै यी कुराहरू पाउने इच्छा गर्दछन्। यसकारण फिक्री नगर, किनभने स्वर्गमा बस्नुहुने पिताले तिमीहरूलाई यी सबै थोकको आवश्यक छ भनी जान्नुहुन्छ।
Nepali Tamang 2011
तिग्दा भिसम परमेश्वरदा ङोआसेबा अर्गु य्हुलला म्हिगदेसे चा चु जम्मान स्हे म्हाइमुला। तर स्वर्गरी धन्छ्याबा परमेश्वर आबासे एनीगदेदा चु जम्मान स्हे तोःला भिसी था मुला।