Matthew 6:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरू प्रार्थना गर्दा कपटीले जस्‍तो प्रार्थना नगर। तिनीहरू त अरू मानिसले देखून् भनेर सभाघर र बाटोको छेउछाउमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, तिनीहरूले पाउनुपर्ने जति आफ्‍नो इनाम पाइसकेका हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्‍ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून्‌ भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍नो इनाम पाइसकेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अनि जब तिमीहरू प्रार्थना गर्दछौ, ती कपटीहरूजस्ता नहोओ; किनकि तिनीहरू अरू मानिसहरूले देखून् भनेर सभाघर र सडकहरूमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्ना प्रतिफल पाइसकेका छन्।
Nepali ERV (पवित्र बाइबल)
‘जब तिमी प्रार्थना गर्दछौ, तब कपटीहरूले जस्तो नगर। कपटीहरू सभाघरहरूमा र गल्लीहरूमा उभिएर अरूले देखून् भनी प्रार्थना गर्दछन्। म तिमीहरूलाई साँचो भन्दछु, यी सबैको इनाम तिनीहरूले पाइसकेका छन्।
Nepali Tamang 2011
“थेतबासेलमा एसे प्रार्थना लबा धुइरी कप्‍टीगदेसे ह्रङ् लसी थालउ। तिग्‍दा भिसम थेह्रङ्बा म्‍हिगदेसे म्‍हिगदेदा उन्‍बाला लागिरी यहूदीगदे ह्रुप तबा दिमगदेदेन ग्‍यामला कुनीरीक्‍यार राप्‍सी प्रार्थना लबारी सेम लमुला। च्‍यागो, एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, थेह्रङ्बा म्‍हिगदेसे याङ्तोःबा इनाम याङ्सी जिन्‍बा मुला।