Matthew 6:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमेश्वरलाई नचिन्ने अन्यजातिहरूले गरेजस्तो नचाहिँदोसँग बरबराएर प्रार्थना नगर। तिनीहरू त लामो-लामो प्रार्थना गरेदेखि पो उत्तर पाइन्छ भन्ने विचार गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र प्रार्थना गर्दा अन्यजातिहरूजस्ता व्यर्थै नबरबराओ। किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूले प्रार्थना गर्दा गैरयहूदीहरूझैँ नबरबराओ। किनकि तिनीहरूका धेरै शब्दहरूको कारण तिनीहरूका सुनुवाइ हुन्छ भनी सम्झन्छन्।
Nepali ERV (पवित्र बाइबल)
‘जब तिमी प्रार्थना गर्दछौ, तब परमेश्वरलाई नजान्ने अरु मानिसहरूले जस्तो व्यवहार नगर्। तिनीहरू अर्थहीन कुरा गर्छन्। तिमीले त्यसप्रकारले प्रार्थना गर्नु हुँदैन। तिनीहरूले सोंचेका हुन्छन् परमेश्वरले तिनीहरूका कुरा सुन्नुहुनेछ भनी।
Nepali Tamang 2011
ओच्छे प्रार्थना लमा अर्गु य्हुलला म्हिगदेसे ह्रङ् लसी ओह्रङ्नोन थाक्रिङ्गो। तिग्दा भिसम ह्रेङ्बा ह्रेङ्बा प्रार्थना लजी भिसम परमेश्वरसे थेःमुला भिसी थेनीगदेसे म्हन्मुला।