Matthew 7:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने जसरी तिमीहरूले अरूलाई दोषी ठहराउँछौ, त्‍यसरी नै परमेश्‍वरले पनि तिमीहरूलाई दोषी ठहराउनुहुनेछ। जुन नापले तिमीहरूले अरूलाई नाप्‍छौ, त्‍यही नापले तिमीहरूले पनि पाउनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्‍यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्‍तछौ, त्‍यसै गरी तिमीहरूका निम्‍ति पनि नापिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिमीले जसरी अरूको न्याय गर्दछौ, त्यसरी नै तिम्रो पनि न्याय हुनेछ; जुन नापले तिमी नाप्दछौ, तिमी पनि त्यही किसिमले नापिनेछौ।
Nepali ERV (पवित्र बाइबल)
जुन नियम उपयोग गरी तिमीहरू अरूको निसाफ गर्दछौ, उसैगरी तिमीहरू पनि निसाफ गरिनेछौ। अनि जुन उपाय प्रयोग गरी अरूलाई तिमीरू क्षमा गर्नेछौ त्यही उपाय उपयोग गरी तिमीहरूलाई क्षमा प्रदान गरिनेछ।
Nepali Tamang 2011
तिग्‍दा भिसम एनीगदेसे खाह्रङ् लसी स्‍य्‍हान्‍दोदा दोष लला, थेह्रङ् लसीन एनीगदेदाएनोन दोष लला। ओच्‍छे एनीगदेसे जुन दप्‍बा स्‍हेसे दप्‍सी पिन्‍ना, परमेश्‍वरसेनोन एनीगदेदा थेनोन दप्‍बा स्‍हेसे दप्‍सी पिन्‍ना।