Matthew 7:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मलाई प्रभु, हे प्रभु भन्‍ने सबैले परमेश्‍वरको राज्‍यमा पस्‍न पाउनेछैनन्। स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छाअनुसार काम गर्नेहरू मात्रै पस्‍न पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मलाई ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनन्‌। स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्ने मानिस मात्र परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मलाई ‘प्रभु, प्रभु,’ भन्‍नेहरू सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्; तर त्यसले मात्र प्रवेश गर्नेछ, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालना गर्दछ।
Nepali ERV (पवित्र बाइबल)
‘मलाई प्रभु, प्रभु, भन्ने हरेक मानिस स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछैन। तर जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्छ। उसले स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछ।
Nepali Tamang 2011
“ङादा ‘प्रभु, प्रभु’ जे भिबा म्‍हिगदे स्‍वर्गला य्‍हुल्‍सारी वाङ्बारी आम्‍याङ्। तर स्‍वर्गरी धन्‍छ्‌याबा ङाला आबासे कुल्‍बा ताम ङ्‌यान्‍बा म्‍हि जे वाङ्म्‍याङ्ला।