Matthew 7:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“साँच्‍चै, मैले भनेका यी कुरा सुनेर मान्‍नेचाहिँ आफ्‍नो घर ढुङ्गाको बलियो जगमाथि बनाउने बुद्धिमान् मानिसजस्‍तै हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण जसले मेरा यी वचन सुन्‍छ र पालन गर्छ, म एक जना बुद्धिमान्‌ मानिससँग त्‍यसको तुलना गर्छु, जसले आफ्‍नो घर चट्टानमाथि बनायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण हरेक जसले मेरा यी वचनहरू सुनेर त्यसअनुसार काम गर्दछ, त्यो त्यस बुद्धिमान् मानिसजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनायो।
Nepali ERV (पवित्र बाइबल)
“हरेक मानिस जसले मैले भनेका यी कुराहरू सुन्छ र पालन गर्छ उनै बुद्धिमान हो। बुद्धिमान मानिसले आफ्नो घर चट्टानमाथि निर्माण गरेको छ।
Nepali Tamang 2011
“थेतबासेलमा जुन म्‍हिसे ङाइ पाङ्बा ताम ङ्‌यान्‍सी थे अन्‍छार भ्रला, थे म्‍हि चा दिम स्‍होमा नुप्‍ना जग ख्‍वसी स्‍होबा बुद्धि मुबा म्‍हि ह्रङ्‌बान हिन्‍ना।