Matthew 7:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मैले भनेका कुरा सुनेर पनि नमान्नेचाहिँ बालुवामाथि घर बनाउने मूर्ख मानिसजस्तै हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन, त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हरेक मानिस, जसले मेरा यी वचनहरू सुनेर तिनलाई पालना गर्दैन, त्यो एउटा मूर्ख मानिसजस्तो हो, जसले आफ्नो घर बालुवामाथि बनायो।
Nepali ERV (पवित्र बाइबल)
तर प्रत्येक मानिस जसले मेरा कुरा सुन्छ तर मेरो अनुसरण गर्दैन, त्यो एउटा मूर्ख मानिस जस्तै हो। उसले आफ्नो घर बालुनामाथि बनायो।
Nepali Tamang 2011
तर जुन म्हिसे ङाइ पाङ्बा ताम थेःसी थे अन्छार गे आल, थे म्हि चा दिम स्होमा नुप्ना जग आख्वना स्होबा बुद्धि आरेबा मूर्ख म्हि ह्रङ्बान हिन्ना।