Matthew 7:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पवित्र कुरा कुकुरहरूलाई नदेओ, उल्‍टै तिनीहरू तिमीहरूमाथि आइलाग्‍नेछन्। फेरि तिमीहरूका मोती सुँगुरहरूका अगाडि नफाल, नत्रता तिनीहरूले कुल्‍ची-मिल्‍ची गरिदिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जे पवित्र छ सो कुकुरहरूलाई नदेओ। आफ्‍ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्रता तिनले आफ्‍ना खुट्टाले तिनलाई कुल्‍चलान्‌ र फर्की तिमीलाई हमला गर्लान्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जे पवित्र छ, त्यो कुकुरहरूलाई नदेओ। तिमीहरूका मोती सुँगुरहरूको अगि नफाल। यदि तिमीहरूले यसो गर्‍यौ भने तिनीहरूले आफ्ना खुट्टाले ती कुल्चलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान्।
Nepali ERV (पवित्र बाइबल)
“कुकुरहरूलाई पवित्र चीजहरू नदेऊ। तिमीहरूले तिमीलाई झम्टने छन् अनि टुक्रा-टुक्रा पारी च्यात्नेछन्। आफ्ना मोतीहरू सुँगुरका अगाडी नफाल। तिमीहरूले केवल त्यसलाई कुल्चने छन्।
Nepali Tamang 2011
“परमेश्‍वरदा फुल्‍तोःबा स्‍हे नगीदा थापिन्‍गो, तिग्‍दा भिसम थेसे एदा ख्राप्‍बारी खला। ओच्‍छे ह्राङला मोती ढ्वला ङाच्‍छापट्टि थाभ्‍याङ्‍‍गो। तिग्‍दा भिसम थेसे मोती नाङ्सी भ्रला।