Matthew 8:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुनेर येशू छक्क पर्नुभयो अनि आफ्ना पछि लागेका मानिसहरूलाई भन्नुभयो, “हेर, यति ठूलो विश्वास गर्ने मानिस त मैले इस्राएलीहरूको बीचमा पनि भेटेको छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको कुरा सुनेर येशूले आश्चर्य मान्नुभयो, र उहाँको पछि आउनेहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, इस्राएलमा पनि यति ठूलो विश्वास मैले भेट्टाएको छैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर येशू आश्चर्यचकित हुनुभयो, र आफूलाई पछ्याउनेहरूलाई उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, मैले इस्राएलीहरू कसैमा पनि यति ठूलो विश्वास पाएको छैनँ।
Nepali ERV (पवित्र बाइबल)
जब येशुले यी सबै कुराहरू भनेको सुन्नुभयो, उहाँ आश्चर्यचकित हुनुभयो। उहाँले आफ्नो साथमा भएका ती सबै मानिसहरूलाई भन्नुभयो, ‘म तिमीहरूलाई साँचो भन्दछु, इस्राएलमा पनि मैले कुनै मानिस यस्तो दृढ विश्वासी पाइनँ।
Nepali Tamang 2011
चु ताम थेःसी येशू उदेक तसी ह्राङदेन छ्याम भ्रबा म्हिगदेदा चुह्रङ् भिसी सुङ्जी, “च्यागो, एनीगदेसे ङाला ताम ङ्यान्गो, इस्राएल य्हुल्साला म्हिगदे न्हङरीनोन ङाइ चुह्रङ्बा घ्रेन विश्वास मुबा म्हि आस्याप्नी।