Matthew 8:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले कप्‍तानलाई भन्‍नुभयो, “हुन्‍छ, अब तिमी जाऊ, तिमीले विश्‍वास गरेजस्‍तै हुनेछ।” त्‍यति नै खेर कप्‍तानको नोकर निको भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले कप्‍तानलाई भन्‍नुभयो, “जाऊ, जस्‍तो तिमीले विश्‍वास गरेका छौ, त्‍यस्‍तै तिमीलाई होस्‌।” अनि त्‍यो नोकर त्‍यही घड़ी निको भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशूले त्यस सेनापतिलाई भन्‍नुभयो, “जाऊ! तिमीले जस्तो हुनेछ भनी विश्‍वास गरेका थियौ, त्यस्तै हुनेछ।” अनि तिनको सेवक त्यसै बेला निको भइहाल्यो।
Nepali ERV (पवित्र बाइबल)
तब येशूले त्यस अधिकारीलाई भन्नुभयो, ‘तिम्रो घरमा जाऊ। तिमीले विश्वास गरे जस्तै तिम्रो नोकर निको भइसकेको हुनेछ।’ अनि ठीक त्यसैबला उसको नोकर निको भयो।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थे कप्‍तानदा “ए निउ, एसे विश्‍वास लबा ह्रङ्नोन तगै” भिसी सुङ्जी। चुह्रङ् सुङ्बा धुइरीन थे नोकर खम्‍जी।