Matthew 8:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँझ परेपछि मानिसहरूले भूत लागेका धेरै बिरामीहरूलाई येशूकहाँ ल्याए। येशूले आफ्नो बोलीले नै भूतहरूलाई निकाल्नुभयो र सबै बिरामीहरूलाई निको पार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब साँझ पर्यो, तब तिनीहरूले उहाँकहाँ भूत लागेका धेरै जनालाई ल्याए। र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नुभयो, र जति बिरामी थिए, सबैलाई निको पार्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब साँझ पर्यो, दुष्ट आत्मा लागेका धेरैजनालाई उहाँकहाँ ल्याइयो; अनि उहाँले वचनद्वारा ती आत्माहरूलाई धपाइदिनुभयो, र सबै रोगीहरूलाई निको पार्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसै साँझ मानिसहरूले भुत लागेका धेरै जनालाई लिएर येशूकहाँ आए। येशूले भूतहरूलाई खेदनु भयो। जो-जो बिमारी परेका थिए ती सबै ठीक भए।
Nepali Tamang 2011
धिनी घल्माहेन्से म्हिगदेसे म्हङसे स्याप्बा म्हिगदेदा येशू मुबा ग्लारी भजी। जमाहेन्से येशूसे म्हङदा बङ्सी थे म्हिगदेला ल्हुइग्याम ताप्जी। ओच्छे थेरी मुबा जम्मान आखम्बा म्हिगदेदा खम्ना लजी।