Matthew 8:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसै बेला एक जना कुष्ठरोग लागेको मानिस आएर उहाँको पाउमा पर्दै भन्‍यो, “गुरुज्‍यू, तपाईंले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्‍यो, “हे प्रभु, तपाईंको इच्‍छा भए मलाई निको पार्न सक्‍नुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुष्‍ठरोग लागेको एउटा मानिस आएर उहाँको अगि घुँडा टेकेर भन्यो, “हे प्रभु, यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसैबेला एउटा कुष्टरोगी उहाँ छेउ आइपुग्यो। येशूको अघि आफ्नो शिर निहुर्याएर त्यसले भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ।”
Nepali Tamang 2011
थेनोन धुइरी कोरे खबा म्‍हि गिक येशूला ङामरी खसी येशूदा फ्‍या लजी। ओच्‍छे “प्रभु, ह्राङला सेम मुसम ह्राङसे ङादा खम्‍ना लखम्‍ला” भिसी भिजी।