Matthew 8:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अचानक तालमा डरलाग्‍दो आँधीबेहरी चल्‍यो। पानीको छाल उठेर नाउलाई नै डुबाउन लाग्‍यो। तर येशू भने मस्‍तसँग निदाउनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अकस्‍मात्‌ तालमा ठूलो आँधी आयो, र छालले डुङ्गालाई ढाक्‍न लाग्‍यो। येशू निदाइरहनुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अचानक तालमा डरलाग्दो आँधीबेहरी चल्यो। अनि त्यसका छालहरूले डुङ्गालाई ढाक्यो; तर येशू निदाइरहनुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
जब डुङ्गाले किनार छाड्यो, त्यसैबेला झीलमा अचानक एक भयङ्कर आँघी चल्न थाल्यो। छालहरूले डुङ्गालाई ढाक्न लाग्यो। तर येशू सुतिरहनु भएको थियो।
Nepali Tamang 2011
निबान लमा तिक्‍खुरीन समुन्‍द्ररी घ्रेन लाबालुङसर खजी। ओच्‍छे समुन्‍द्ररी छाल रेःसी छालसे दोँगा प्‍लिङ्‍बारी छ्‌याइजी। तर थे धुइरी येशू चा स्‍हिम्‍बा मुबा।