Matthew 8:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “तिमीहरू किन यसरी आत्तिएका? खै तिमीहरूको विश्‍वास?” यति भनेर उहाँ उठ्‍नुभयो अनि आँधीबेहरी र छालहरूलाई हप्‍काउनुभयो। उहाँले हप्‍काउनेबित्तिकै आँधीबेहरी थामियो र सबै एकदमै शान्‍त भइहाल्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “अल्‍पविश्‍वासी मानिस हो, तिमीहरू किन डराउँछौ?” तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नुभयो, र आँधी बिलकुल शान्‍त भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँले जवाफ दिनुभयो, “हे अल्पविश्‍वासी हो, तिमीहरू किन डराउँछौ?” तब उहाँ उठ्नुभयो, र बतास र छालहरूलाई हकार्नुभयो, र बतास पूर्ण रूपले थामियो।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “तिमीहरू किन डराउँछौ? तिमीहरू सित त्यत्ति विश्वास छैन?’ तब येशू उठनुभयो अनि आँधी र छालहरूलाई आज्ञा गर्नु भयो। आँधी थामियो, अनि झीलमा पूरा शान्ति छायो।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा “एनीगदे तिग्‍दा लोङ्‌बा? खाइ एनीगदेला विश्‍वास?” भिसी सुङ्जी। ओच्‍छे येशू रेःसी लाबालुङसरदेन समुन्‍द्रला छालदा बङ्जी। जमाहेन्‍से लाबालुङसर म्‍हासी शान्‍त तजी।