Matthew 8:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू तालको पारिपट्टि गदरिनीहरूको मुलुकमा आइपुग्‍नुहुँदा चिहानका गुफाहरूबाट निस्‍केर आएका दुई जना भूत लागेका मानिसहरूले उहाँलाई भेटे। तिनीहरू त यतिसम्‍म डरलाग्‍दा भएका थिए कि त्‍यस बाटोबाट कोही पनि हिँड्दैनथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँ पारिपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुई जना मानिसहरूले चिहानबाट आउँदैगर्दा उहाँलाई भेटे। तिनीहरू यति डरलाग्‍दा थिए, कि कोही पनि त्‍यहाँबाट आउन-जान सक्‍दैनथिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशू गदरिनीहरूको मुलुकको अर्को ठाउँमा आइपुग्नुभयो, तब त्यहाँ चिहानबाट भूत लागेका दुई मानिसहरू उहाँलाई भेट्न आए। तिनीहरू यति हिंसक थिए कि कोही पनि त्यो बाटो भएर जान सक्दैनथियो।
Nepali ERV (पवित्र बाइबल)
गदरिनीहरूको मुलुकको एउटा झीलको अर्कोतर्फ येशू आइपुग्नु भयो। त्यहाँ दुईजना मानिस येशू कहाँ आए। तिनीहरूलाई भुत लागेको थियो। तिनीहरू चिहानको गुफामा बस्दथे। तिनीहरू अत्यन्तै डरलाग्दा थिए। यसले गर्दा मानिसहरू त्यो बाटो हिंडने आँट गर्दैनथे।
Nepali Tamang 2011
येशू समुन्‍द्रला क्‍याम्‍सङपट्टि गदरा भिबा ग्‍लारी धोखमा म्‍हङसे स्‍याप्‍बा म्‍हि न्‍ही धुर्साग्‍याम खबान लबा स्‍याप्‍जी। थे म्‍हि न्‍ही ल्‍हानान लोङ्‌बा खबा खाल्‍ला मुबासे लमा थे ग्‍याम खालै म्‍हि आभ्रमुबा।