Matthew 8:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले उसलाई भन्नुभयो, “हेर, यो कुरा कसैलाई नभन्नू। तर पूजाहारीकहाँ गएर आफ्नो जाँच गराऊ अनि मोशाले अह्राएजस्तो भेटी चढाएर सबैलाई तिमी शुद्ध भएको प्रमाण देऊ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले त्यसलाई भन्नुभयो, “कसैलाई नभन्नू। तर जाऊ, र आफूलाई पूजाहारीकहाँ देखाऊ, र मोशाले आज्ञा गरेको भेटी चढ़ाऊ, र मानिसहरूलाई प्रमाण होस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशूले त्यसलाई भन्नुभयो, “यो कुरा कसैलाई नभन्नू, तर जाऊ, आफैँलाई पुजारीकहाँ देखाऊ। अनि तिनीहरूलाई साक्षीका लागि मोशाले आज्ञा दिएअनुसार भेटी चढाऊ।”
Nepali ERV (पवित्र बाइबल)
तब येशूले त्यस मानिसलाई भन्नभयो, ‘हेर यसबारे तिमीले कसैलाई नभन्नू। तर आफै जाऊ अनि पूजाहारीलाई देखाऊ र प्रमाणको लागि मोशाको आज्ञानूसार, तिनीहरूका समक्ष भेटी चढाऊ। जसले गर्दा मानिसहरूले तिमीलाई निको भएको देख्न सक्ने छन्।’
Nepali Tamang 2011
ओच्छे येशूसे थेदा “एसे चु ताम खालैदा थापाङ्गो। बरु ए निसी परमेश्वरला मन्दिररी पूजा लबा म्हिदा उन्गो। ओच्छे मोशासे कुल्बा अन्छार बलि फुल्गो। थेह्रङ् लजी भिसम म्हिगदेसे ए खम्जी भिसी था याङ्ला” भिसी सुङ्जी।