Matthew 9:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखेर फरिसी भन्‍ने कट्टर धार्मिक समूहका मानिसहरूले उहाँका चेलाहरूलाई भने, “यो के हो? तिमीहरूका गुरु त कर उठाउने र अरू पापीहरूसँगै बसेर खाँदा रहेछन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब फरिसीहरूले त्‍यो देखे, तब उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्‍छन्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब फरिसीहरूले यो देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे, “तिमीहरूका गुरु किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?”
Nepali ERV (पवित्र बाइबल)
येशूले ती मानिसहरूसँग खाना खाइ रहनु भएको फरिसीहरूले देखे। फरिसीहरूले येशूका चेलाहरूलाई सोधे, ‘किन तिमीहरूका गुरूले कर उठाउनेहरू र पापीहरूसँग बसेर खाना खान्छन्?’
Nepali Tamang 2011
चु म्राङ्सी फरिसीगदेसे येशूला चेलागदेदा “एनीगदेला गुरु तिग्‍दा तिरो दुइबा म्‍हिगदे ओच्‍छे पापीगदेदेन छ्‌याम चिसी चबा?” भिसी ङ्‌योइजी।