Matthew 9:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू धर्मशास्‍त्रमा लेखिएको यो कुराको अर्थ बुझ्‍न खोज— ‘पशुबलि होइन, तिमीहरूले दया गरेको पो म चाहन्‍छु।’ म त धर्मीलाई होइन, तर पापीहरूलाई पो बचाउन भनी आएको हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर गएर यसको अर्थ के हो तिमीहरू सिक: ‘म बलिदान होइन, दया चाहन्‍छु।’ किनकि म धर्मीलाई होइन, तर पापीहरूलाई बोलाउन आएँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब जाऊ, र यसको अर्थ के रहेछ, सिक: ‘म बलिदान होइन, तर दया चाहन्छु।’ किनकि म धर्मीहरूलाई होइन; तर पापीहरूलाई बोलाउन आएको हुँ।”
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई एउटा कुरो भन्नेछु। जाऊ अनि यसको अर्थ के हो सिक ‘म पशुको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।” म यहाँ धार्मिक मानिसहरूलाई भेट्न आएको होइन, ती पापीहरूलाई भेट्न आएको हुँ।’
Nepali Tamang 2011
दाहेन्‍से एनीगदे निसी चु तामला अर्थ तिग हिन्‍ना घोबारी म्‍हाइगो, ‘च्‍यागो, ङाइ म्‍हाइबा चा बलिदान आहिन, तर एनीगदेसे स्‍य्‍हान्‍दोदा लबा दया हिन्‍ना।’ थेतबासेलमा परमेश्‍वरला ङाच्‍छा ज्‍यबा मुबा म्‍हिगदेदा आहिन, तर पापीगदेदा ङ्‌योइबारी ङा खबा हिन्‍ना” भिसी सुङ्जी।