Matthew 9:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “के विवाहको भोजमा दुलहा तिनीहरूसित छउञ्जेल जन्तीहरूले विलाप गरेर उपवास बस्छन् र? तर त्यस्ता दिनहरू पनि आउनेछन्, जब दुलहालाई तिनीहरूबाट छुट्याइनेछ, तब पो तिनीहरू उपवास बस्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्नुभयो, “जबसम्म दुलहा जन्तीहरूसँग रहन्छन्, के तिनीहरू शोक मनाउँछन् र? तर ती दिन आउनेछन् जब दुलहा तिनीहरूबाट लगिनेछन्। तब तिनीहरू उपवास बस्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “दुलहा साथमा हुँदा उहाँका पाहुनाहरू कसरी विलाप गर्न सक्छन्? तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, तब तिनीहरू उपवास बस्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “विवाहको बेलामा जो दुलहासँग हुन्छन्, तिनले दुख मान्दैनन् तर त्यस्तो समय आउँछ जब तिनीहरूबाट दुलहालाई अलग गरिन्छ। तब तिनीहरू दुखी बन्छन् र तिनीहरू उपवास लिन्छन्।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “म्हाछार जन्तीगदेदेन छ्याम मुतेधोना थेरी मुबागदेसे सुर्दा आल। तर म्हाछार थेनीगदेग्याम फेसी भोर्माहेन्से जे थेनीगदे सुर्दा तसी फोइथान चिला।