Matthew 9:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“फेरि पुरानो लुगालाई कसैले पनि नयाँ टालोले टाल्दैन। नत्र नयाँ टालो खुम्चिएर लुगा च्यातिन्छ र झन् ठूलो प्वाल पो पारिदिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कसैले पुरानो वस्त्रमा नयाँ कपड़ाको टालो टाल्दैन। किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ, र वस्त्र झन् बढ़ी फाट्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“कसैले पनि पुरानो कपडामा नयाँ कपडाको टालोले टाल्दैन; किनकि नयाँ टालो खुम्चिन्छ र पुरानोबाट च्यात्तिएर जान्छ; अनि त्यो वस्त्र फाटेर झन् नराम्रो हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
‘कसैले पुरानो वस्त्रमा भएको प्वालमा नखुम्चिएको लुगाको टुक्रा टाल्दैन। यदि कसैले त्यसो गरे त्यो टालो पुरानो लुगाबाट च्यातिन्छ र त्यो प्वाल झन नराम्रो हुन्छ।
Nepali Tamang 2011
खालैसे बोक्टो क्वानरी छार क्वानगेनसे आख्या, छार क्वानगेनसे बोक्टो क्वान ख्याजी भिसम बोक्टो क्वान झन ढेला।