Matthew 9:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसै गरी ताजा दाखमद्य ल्याएर पुरानो छालाको थैलोमा राखिंदैन! यदि राखियो भने छालाको थैलो पनि फुट्छ र दाखमद्य पनि पोखिन्छ। ताजा दाखमद्यचाहिँ नयाँ छालाको थैलोमा नै राखिन्छ अनि दुवै जोगिन्छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले पुराना छालाको मशकमा नयाँ दाखमद्य राख्दैन, नत्रता मशक फुट्छ, र दाखमद्य पोखिन्छ, र मशक नष्ट हुन्छ। तर नयाँ दाखमद्य नयैँ छालाको मशकमा राखिन्छ, र दुवै जोगिन्छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न त मानिसहरूले पुरानो मशकमा नयाँ दाखमद्य हाल्छन्। यदि तिनीहरूले त्यसो गरे भने छालाहरू फुट्छन्। अनि दाखमद्य पोखिन्छ र मशक नष्ट हुनेछ। त्यसो हुन नदिन तिनीहरूले नयाँ दाखमद्य नयाँ मशकमै हाल्नुपर्दछ र दुवै जोगिन्छन्।”
Nepali ERV (पवित्र बाइबल)
कसैले पनि नयाँ दाखरसलाई छालाको पुरानो थैलाहरूमा हाल्दैन। पुरानो थैलीमा कसैले नयाँ दाखरस हाल्यो भने, त्यो थैली फाट्छ र दाखरस पनि नष्ट हुन्छ। यसकारण मानिसहरूले नयाँ थैलाहरूमा नयाँ दाखरस हाल्दछन्। यसरी दाखरस र थैलाहरू दुवै सुरक्षित रहन्छन्।”
Nepali Tamang 2011
ओच्छे खालै म्हिसेनोन ढिला बोक्टो ताङरी अङगुरला कलिलो निङगु आयु, चुदे युजी भिसम थे ताङ ढेसी अङगुरला निङगु ङेला। ओच्छे थे ताङएनोन गे आखेल्बा तला। तर अङगुरला कलिलो निङगु ढिला छार ताङरी युला ओच्छे न्हीनोन जोगब तला।”