Matthew 9:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि मानिसहरूले पक्षघात भएको मानिसलाई ओछ्यानमै बोकेर उहाँकहाँ ल्‍याए। ती मानिसहरूको विश्‍वास देखेर येशूले त्‍यस रोगीलाई भन्‍नुभयो, “ए छोरा, साहस गर, तिम्रो पाप क्षमा भएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूले खाटमा पस्रिरहेको एक जना पक्षाघातीलाई उहाँकहाँ ल्‍याए। येशूले तिनीहरूको विश्‍वास देखेर पक्षाघातीलाई भन्‍नुभयो, “छोरा, साहस गर। तिम्रा पाप क्षमा भए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही मानिसहरूले ओछ्यानमा पस्रिरहेको एक जना पक्षघातीलाई उहाँकहाँ ल्याए। जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, तब उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “हे छोरा, साहस गर, तिम्रा पापहरू क्षमा भएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
केही मानिसहरू एकजना पक्षवाती रोगीलाई आफूहरू सित लिएर येशू भएकहाँ आए। त्यो मानिस ओछ्यानमै लडीरहेको थियो। येशूले तिनीहरूमा औधी विश्वास भएको देख्नुभयो। अनि उहाँले त्यो पक्षवातीको रोगीलाई भन्नुभयो, ‘सुखी होऊ, जवान मानिस! तिम्रो पापहरू क्षमा गरिएका छन्।’
Nepali Tamang 2011
म्‍हिगदेसे काङ या चलब आतबा कुज्‍या तसी म्‍हेर्सी चिबा म्‍हि गिकदा येशू मुबा ग्‍लारी भजी। येशूसे थेनीगदेला विश्‍वास म्राङ्सी थे कुज्‍या म्‍हिदा “कोला, भङ लउ, ङाइ एला पाप माफ लबा मुला” भिसी सुङ्जी।