Matthew 9:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले फरक्‍क पछिल्‍तिर फर्कनुभयो र तिनलाई देखेर उहाँले भन्‍नुभयो, “छोरी, साहस गर। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” त्‍यति नै खेर ती स्‍त्री निको भइहालिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फनक्‍क फर्की हेर्दा येशूले त्‍यस स्‍त्रीलाई देख्‍नुभयो, र भन्‍नुभयो, “छोरी, साहस गर, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” त्‍यो स्‍त्री त्‍यही घड़ी निको भई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू पछिल्तिर फर्कनुभयो, र त्यसलाई देख्नुभयो। उहाँले भन्‍नुभयो, “हे छोरी, साहस गर, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” अनि त्यो स्त्री त्यसै बेला निको भई।
Nepali ERV (पवित्र बाइबल)
येशू पछिल्तिर र्फकिनु भयो र तिनलाई देखेर भन्नुभयो, “हे प्यारी छोरी खुशी होऊ। तिम्रो विश्वासले तिमी निको भएकि छौ।’ त्यतिनै बेला तिनी ठीक भइन्।
Nepali Tamang 2011
फ्‍लिक दोःसी च्‍यामा येशूसे थे म्रिङम्‍हेमेदा म्राङ्जी। ओच्‍छे येशूसे थेदा “भङ लउ, माइ! एला विश्‍वाससे लमा ए खम्‍बा मुला” भिसी सुङ्मैछ्‌याम थे म्रिङम्‍हेमे खम्‍जी।