Matthew 9:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू घरमा पुगेपछि ती दुई अन्‍धाहरू पनि त्‍यहीँ आइपुगे। येशूले तिनीहरूलाई सोध्‍नुभयो, “के मैले तिमीहरूलाई निको पार्न सक्‍छु भन्‍ने तिमीहरूलाई विश्‍वास छ?” तिनीहरूले भने, “छ, प्रभु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ घरमा पस्‍नुभएपछि ती अन्‍धा मानिसहरू उहाँकहाँ आए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “म यो गर्न सक्‍छु भनी के तिमीहरू विश्‍वास गर्दछौ?” तिनीहरूले उहाँलाई भने, “ज्‍यू, प्रभु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँ घरभित्र पस्‍नुभयो, ती दृष्‍टिविहीन मानिसहरू उहाँकहाँ आए; अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “म यसो गर्न सक्छु भनी के तिमीहरू विश्‍वास गर्छौ?” तिनीहरूले जवाफ दिए, “गर्छौँ प्रभु।”
Nepali ERV (पवित्र बाइबल)
जब येशू घर भित्र पस्नुभयो, ती अन्धा मानिसहरू उहाँकहाँ आए। उहाँले ती अन्धाहरूलाई भन्नुभयो। “के म तिमीहरूलाई फेरि देख्न सक्ने बनाउँछु भनेर तिमीहरूलाई विश्वास लाग्छ?” अन्धा मानिसहरूले जवाफ दिए, “ज्यू, प्रभु, हामीलाई विश्वास लाग्छ।”
Nepali Tamang 2011
येशू दिम न्‍हङरी वाङ्माहेन्‍से थे मी आम्राङ्बा म्‍हि न्‍हीएनोन येशू मुबा ग्‍लारी खजी। जमाहेन्‍से येशूसे थेन्‍नीदा “ङाइ खम्‍ना लबारी खम्‍ला भिसी एनीगदेदा विश्‍वास मुला?” भिसी ङ्‌योइमा थेन्‍नीसे “मुला, प्रभु” भिसी भिजी।