Matthew 9:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भूत निकाल्‍नेबित्तिकै त्‍यो मानिस बोल्‍ने भयो अनि मानिसहरूले छक्‍क पर्दै भन्‍न लागे, “यस्‍तो त हामीले इस्राएलमा कहिल्‍यै देखेका थिएनौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भूत निकालिएपछि त्‍यो गूँगो बोल्‍यो। अनि “इस्राएलमा कहिल्‍यै यस्‍तो देखिएन” भन्‍दै भीड छक्‍क पर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब भूत निकालियो, तब त्यो बोल्न नसक्ने मानिस बोल्यो र भीडले छक्‍क पर्दै भने, “इस्राएलमा यस्तो कहिल्यै देखिएको थिएन।”
Nepali ERV (पवित्र बाइबल)
येशूले त्यस मानिसबाट भूत भगाइदिनुभयो। त्यसपछि त्यो मानिस बोल्न थाल्यो। मानिसहरू छक्क पर्दै भन्नलागे, ‘ इस्राएलमा यसप्रकारको घटना पहिले कहिल्यै घटेको थिएन।’
Nepali Tamang 2011
येशूसे म्‍हङदा ताप्‍मैछ्‌याम थे ताइ दोबा म्‍हिसे ताम पाङ्‌बारी छ्‌याइजी। चु म्राङ्सी थेरी मुबा म्‍हिगदे उदेक तसी “चुह्रङ्बाम ङन्‍से इस्राएल य्‍हुल्‍साला म्‍हिगदे न्‍हङरी खाइमै म्राङ्बा आरेबा” भिसी भिजी।