Matthew 9:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले सबै सहर र गाउँका सभाघरमा शिक्षा दिँदै परमेश्‍वरको राज्‍यको सुसमाचार सुनाउनुभयो र मानिसहरूका सबै रोग-बिमार निको पार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू समस्‍त सहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्‍यको सुसमाचार प्रचार गर्दै र हरेक किसिमका रोग र दुर्बलताहरू निको पार्दै हिँड्‌नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले सबै सहरहरू अनि गाउँहरूमा, तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार घोषणा गर्दै अनि रोग र बिरामीहरू निको पार्दै जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशू सारा शहर र गाउँहरू हुँदै यात्रा गर्नुभयो। तिनीहरूका सभाघरहरूमा शिक्षा दिनुभयो अनि राज्यको बारेमा सुसमाचार प्रचार गर्नु भयो। येशूले सबै प्रकारका रोग र बिमारीहरू निको पार्नुभयो।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे यहूदीगदे ह्रुप तबा दिमरी लोप्‍बादेन परमेश्‍वरला य्‍हुल्‍साला समाचार थेःना लजी। ओच्‍छे जम्‍मान थरीला रोगसे स्‍याप्‍बादेन आखम्‍बा म्‍हिगदेदा खम्‍ना लबान शहरदेन नाम्‍सा नाम्‍सारी फेप्‍जी।