Matthew 9:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसको घुइँचो देखेर उहाँको हृदय दयाले भरिएर आयो किनभने तिनीहरू त गोठाला नभएका भेडाहरूजस्‍तै दु:ख पाएका लाचार मानिसहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्‍ति दयाले भरियो। किनभने तिनीहरू गोठालाविनाका भेड़ाहरूजस्‍तै हैरान र असहाय भएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भीडहरूलाई देखेर उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैँ हैरान र असहाय भएका थिए।
Nepali ERV (पवित्र बाइबल)
उहाँले भीडलाई देख्नूभयो र उनीहरूको निम्ति टिठाउनु भयो। किनभने तिनीहरू असहाय अनि चिन्तित थिए। तिनीहरू गोठालो नभएका भेडाँहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।
Nepali Tamang 2011
म्‍हिला हुल म्राङ्सी येशूदा ल्‍हानान दया रेःजी, तिग्‍दा भिसम थेनीगदे खालैसे आच्‍याना दुख याङ्बा गोठालो आरेबा ग्‍युगदे ह्रङ्‌बान मुबा।