Micah 1:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाफीरका बासिन्‍दाहरू नाङ्गै लज्‍जित भई कैदमा जाऊन्। सानानका बासिन्‍दाहरू सहरबाट बाहिर ननिक्‍लून्। बेथ-एजेलका मानिसहरूको रुवाबासी सुन्‍दा त्‍यस ठाउँमा शरण लिने ठाउँ छैन रहेछ भनी बुझ्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए शाफीरमा बस्‍नेहरू हो, नाङ्गा र लज्‍जित भएर निस्‍किजाओ। सानानमा बस्‍नेहरू बाहिर आउनेछैनन्‌। बेथ-एजेल शोक गर्दैछ, त्‍यसको रक्षा गर्ने ठाउँ तिमीहरूबाट लगिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे शाफीरका बासिन्दाहरू हो, नाङ्गा र लज्जित भएर निस्किजाओ। सानानका बासिन्दाहरू, बाहिर आउनेछैनन्। बेथ-एजेल शोकमा छ; अब त्यसले तिमीहरूलाई सुरक्षा गर्दैन।
Nepali ERV (पवित्र बाइबल)
हे शाफीरका वासिन्दाहरु हो, तिमीहरु आफ्नो बाटोमा नाङ्गो र लज्जित भएर जाऊ। ती मानिसहरु जो सानानको वासिन्दाहरु हुन् तिनीहरु बाहिर आउने छैनन्। बेतेसेलमा मानिसहरुको रूवाबासिले तिमीबाट सहाएता लिनेछन्।