Micah 1:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाकीशका बासिन्‍दाहरू हो, तिमीहरूले रथमा घोडाहरू कस। इस्राएलले गरेको पाप तिमीहरूले गर्‍यौ र यरूशलेमलाई पाप गर्न लायौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे लाकीशमा बस्‍नेहरू हो, घोड़ाको दल रथमा कस। सियोनकी छोरीको निम्‍ति पापको सुरु तिमीहरू नै थियौ, किनकि इस्राएलका अपराधहरू तिमीहरूमा नै भेट्टाइए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे लाकीशमा बस्‍नेहरू हो, वेगले दौडने घोडाहरूलाई रथमा कस। सियोनकी छोरीका निम्ति लाकीशबाट नै पाप सुरु भएको थियो; किनकि तिमीहरूमा नै इस्राएलले गरेजस्तै अपराधहरू भेट्टाइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
हे लाकीशका वासिन्दाहरु हो! तिमीहरुले वेगवान घोडाहरु रथमा बाँध। सियोनको पाप रथहरुबाट नै शुरु भएको थियो। जसको मार्फत तिनीहरुले इस्राएलले गरे जस्तै पाप गरे।