Micah 1:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका मानिसहरू हो! तिमीहरूले माया गरेका छोरा-छोरीहरूका निम्ति शोक मनाउँदै आफ्नो केश खौराओ। आफैंलाई गिद्धझैँ तालुखुइले बनाओ किनभने तिम्रा बालबालिकाहरूलाई कैद गरी तिमीहरूदेखि टाढा लगिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना प्यारा बालकहरूका निम्ति तिमीहरूको केश शोकमा मुण्डन गर। सबै कपाल मुड़ाएर गिद्धको झैँ बनाओ, किनकि तिमीहरूका बालकहरू तिमीहरूबाट निर्वासनमा लगिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना प्यारा छोराछोरीहरू, जससँग तिमीहरू रमाउँछौ, तिनीहरूको शोकमा आफ्नो केश खौर; तिमीहरूले आफूलाई तालु खुइले गिद्धजस्तै बनाओ; किनकि तिनीहरूलाई तिमीहरूदेखि टाढा निर्वासनमा लगिनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिमीले आफ्नो केश काट, चिण्डे होऊ। किन? किनकि तिमी आफ्नो छोरा-छोरी जसलाई तिमी माया गर्छौ तिनीहरुका निम्ति रूँने छौ अनी तिम्रो शोक दर्शाउनको निम्ति एउटा गिद्ध झैं चिन्डे होऊ। किन? किनकि तिम्रो नानीहरुलाई कैदी झैं लगिनेछ।