Micah 1:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका मानिसहरूले पाप गरेका र परमेश्वरको विरुद्धमा विद्रोह गरेका हुनाले यी सबै कुरा हुनेछन्। इस्राएलका विद्रोहको निम्ति कसलाई दोष दिनु? के राजधानी सामरिया सहरलाई? यहूदाको मूर्तिपूजाको लागि को दोषी छ? यरूशलेम आफैं होइन र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै याकूबको अपराधको कारण र इस्राएलका घरानाका पापको कारणले गर्दा भएका हुन्। याकूबको अपराध के हो त? के त्यो सामरिया होइन? यहूदाको अग्लो स्थान के हो? के त्यो यरूशलेम होइन?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सबै कुरा याकोबको अपराधको कारणले गर्दा हो। इस्राएलका मानिसहरूका पापहरूको कारणले गर्दा हो। याकोबको अपराध के हो त? के यो सामरिया होइन र? यहूदाको उच्च स्थान के हो? के त्यो यरूशलेम होइन र?
Nepali ERV (पवित्र बाइबल)
यो किन भएकोछ? यस्तो भयो किनभने याकूबले पाप गरेको थियो। किनभने इस्रएलका कुल समुहले पाप गरेका थिए। याकूबको पाप के हो? यो सामरिया हो। यहूदाको अग्लो स्थान कुनहो? यो यरूशलेम हो।