Micah 1:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण परमप्रभु भन्नुहुन्छ, “म सामरियालाई नाश पारेर खुला मैदानमा रास बनाई थुपार्नेछु र त्यहाँ दाखबारी बनाउनेछु। सहरका रोडाहरू बेसीमा फालिदिनेछु र सहरका जगहरू उदाङ्गो पारिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण म सामरियालाई रोड़ा-ढुङ्गाको थुप्रो र दाखबारी लाउने ठाउँ बनाइदिनेछु। म त्यसका ढुङ्गाहरू बेँसीमा फालिदिनेछु, र त्यसका जगहरू नाङ्गा बनाइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण म सामरियालाई भग्नावशेष, र दाखबारी रोप्ने ठाउँजस्तै तुल्याइदिनेछु। म त्यसका भग्नावशेषहरू बेँसीमा फालिदिनेछु, र त्यसका जगहरूलाई उदाङ्गो पारिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म सामरियालाई खाली मैदानमा भग्नावशेषको थुप्रोमा परिणत गरिदिनेछु। त्यो यस्तो स्थान हुनेछ जहाँ दाख रोपिनेछ। म सामरियाका ढुङ्गाहरुलाई बेंसीमा फालिदिनेछु र त्यसका जगहरु सतहमा पुर्याइदिनेछु।